हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाबाट कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण भए नभएको भनी ५ जनाको स्वाबको नमूना परीक्षण हुँदैछ । आज ५ जनाको स्वाब परीक्षण भैरहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताउनुभयो । यसको नतिजा पनि केही समयमा सार्वजनिक हुने उहाँले बताउनुभयो । हिजो चितवनका ५ वटा स्वाबको नमूना परीक्षण गरिएको थियो जसमा सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको थियो ।