Home मुख्य समाचार संघीयता खारेज गर्न प्रदेश सदस्यको माग

संघीयता खारेज गर्न प्रदेश सदस्यको माग

शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रिता माझी

हेटौंडाः बागमती प्रदेशको बुधबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले संघीयता खारेज गर्न माग गरेका छन् । देशमा चरम आर्थिक संकट आउने खतरा बढ्दै गएको भन्दै प्रदेशसभा सदस्यहरुले संघीयताको नाममा प्रदेश सरकार टिकाई राख्नु पर्ने कुनै औचित्य नरहेको दाबी गरेका छन् ।

शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रिता माझीले नेपाल श्रीलकां जस्तै बन्ने अवस्था रहेको भन्दै नेपालमा रहेका राजनीतिक दलले सोचनीय र विचार गर्नुपर्ने धारणा राख्नुभयो । आर्थिक संकटबाट देशलाई जोगाउन समेत उहाँले राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

यस्तै, प्रदेशसभा सदस्य रिना गुरुङले श्रीलकांको बाटोमा नेपाल रहेको भन्दै राजनीतिक दलले गणतन्त्र र संघीयताको नाममा देशलाई लुट्ने काम मात्र गरेको आरोप लगाउनुभयो । देशमा आर्थिक संकट देखिएको अवस्थामा पनि संघीयता जोगाउन तर्फ लागियो भने भोलीको दिनमा संघीयताको नाममा ठूलो प्रश्न उठ्ने उहाँको धारणा छ ।

Exit mobile version