Home मुख्य समाचार आज प्रदेशसभाको बैठक बस्दै

आज प्रदेशसभाको बैठक बस्दै

हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको दशौं अधिवेशनको २५ औं बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा ५ वटा अध्यादेश सभामा पेश हुने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

आज बुधबारको बैठकमा प्रदेश निजामती सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहको सेवा (गठन तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश पेश हुने प्रदेशसभा सचिवालयका अधिकृत सुन्दर पन्तले जानकारी दिनुभयो । यस्तै, विभुषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी अध्यादेश र प्रदेश युवा परिषद्सम्बन्धी अध्यादेश सभामा पेश हुने उहाँले बताउनुभयो ।

Exit mobile version