Home मुख्य समाचार लायन्स क्लब अफ हेडम्बाद्वारा खाद्यान्न सहयोग

लायन्स क्लब अफ हेडम्बाद्वारा खाद्यान्न सहयोग

लायन्स क्लब अफ हेडम्बाले वडा कार्यालयमा उपलब्ध गराएको खाद्यान्न सामग्री ।

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले आव्हान गरेको लक डाउनका कारण आयआर्जनको काम गर्न नपाई दैनिक उपभोग्य वस्तु अभाव हुन सक्ने परिवारलाई सहयोग प्रदान गर्ने गरी हेटौंडाको लायन्स क्लब अफ हेडम्बाले हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
बिहिबार वडा अध्यक्ष राजेश बानियाँलाई क्लबका अध्यक्ष शेखर श्रेष्ठ नेतृत्वको क्लब पदाधिकारी तथा सदस्यले करिब ४० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष कविन सांगामीले जानकारी दिनुभयो । क्लबले चामल, दाल, आलु, प्याज, सोयाबिन, बिस्कुट, चाउचाउलगातका खाद्यान्न सामग्री वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । क्लबले उपलब्ध गराएको सहयोग सामग्री विपन्न र लक्षित समूहमा वितरण गरिने वडा अध्यक्ष राजेश बानियाँले बताउनुभएको छ ।

Exit mobile version