मनहरी गाउँपालिकाको ११औं अधिवेशनअन्तर्गत दोस्रो बैठकमा बोल्दै अध्यक्ष रन्जन कालाखेती ।

हेटौंडाः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ९१ करोड ८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । हिजो बिहीबार गाउँ सभाको ११औँ अधिवेशनअन्तर्गत दोस्रो बैठकमा उपाध्यक्ष सिता पुलामी मगरले बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ ३८ करोड ९६ लाख रुपैयाँ, सामाजिक विकासतर्फ ३१ करोड ४५ लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड ४७ लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकास तर्फ २ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी गाउँपालिकाले वन, वातावरण तथा विपद व्यवस्थापनका लागि ७५ लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १३ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ ।