हेटौंडाः स्वर्गीय जननेता मदन भण्डारीको ७१औं जन्म जयन्तीमा हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाल मकवानपुरलाई खाद्यान्न सहयोग गरेको छ । नेकपा एसको भातृ संगठन अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले स्वर्गीय जननेता भण्डारीको जन्म जयन्तीमा मामाघरलाई खाद्यान्न सहयोग गरेको हो ।

नेकपा एसको भातृ संगठन अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका अध्यक्ष अरुण बर्तौलाको नेतृत्वले मंगलबार मामाघरलाई खाद्यान्न हस्तान्तरण गरिएको हो । ४ बोरा चामल, ५ लिटर तेल, ५ प्याकेट नुन, ३ किलोग्राम दाल सहयोग गरेका छन् । यसैगरी ५ किलोग्राम चिउरा, ३ किलोग्राम चना, २ दर्जन साबुन, २ वटा बल सहयोग गरेका छन् । कार्यक्रममा उपमहासचिव किशोर टण्डन, स्थायी कमिटी सदस्य सुलभ अधिकारी, सचिव आकाश अधिकारी लगायतको उपस्थिति थियो ।