सांकेतिक तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको पीसीआर बिधिबाट परिक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । अहिले दैनिक दुईदेखि तीन जनाले स्वाब संकलन गराउँदै आएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।