Home समाचार गाँजासहित बकैयाका लालकाजी पक्राउ

गाँजासहित बकैयाका लालकाजी पक्राउ

लागुऔषध गाँजासहित पक्राउ परेका घिसिङलाई सार्वजनिक गर्दै बारा प्रहरी ।

हेटौंडाः लागुऔषध गाँजासहित मकवानपुरको बकैया गाउँपालिकाका लालकाजी घिसिङलाई बारा प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिनको ४ बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका–१, धन्सारपुलनजिकै घिसिङको साथबाट १३ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।

सवारी साधनको सुरक्षाजाँच गरिरहेको अवस्थामा पश्चिमतर्फबाट आएको प्रदेश ३–२–०१० प ३४९३ नम्बरको मोटरसाइकल रोकी सुरक्षाजाँच गर्दा बकैया–३ का ३१ वर्षीय लालकाजी घिसिङलाई गाँजासहित पक्राउ गरिएको हो । घिसिङकै मोटरसाइकलमा सवार अन्दाजी ३० वर्षीया महिला भने फरार भएको प्रहरीले जानकारी दिएको छ । बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमती लिई घिसिङलाई हिरासतमै राखी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version