हेटौंडाः विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा मकवानपुर बहुमुखी क्याम्पसको अनुसन्धान समितिको आयोजनामा परिमाणात्मक अनुसन्धान विधिबारे तीन दिवसीय पुनर्ताजगी कार्यशाला सुरु भएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पसको सेवा समितिका संयोजक बद्रिप्रसाद लम्सालको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको छ ।
कार्यशालामा प्राध्यापक डा. रामकृष्ण महर्जन, डा. लोकराज शर्मा, डा. रामप्रसाद अधिकारी र डा. विजय नेपालले सहजीकरण गर्नुहुनेछ । मकवानपुर बहुमुखी क्याम्पसमा भइरहेको कार्यशालामा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको छ ।