Home मुख्य समाचार मकवानपुर क्याम्पसमा अनुसन्धान विधिबारे कार्यशाला

मकवानपुर क्याम्पसमा अनुसन्धान विधिबारे कार्यशाला

तीन दिवसीय पुनर्ताजगी कार्यशाला

हेटौंडाः विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा मकवानपुर बहुमुखी क्याम्पसको अनुसन्धान समितिको आयोजनामा परिमाणात्मक अनुसन्धान विधिबारे तीन दिवसीय पुनर्ताजगी कार्यशाला सुरु भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच कार्यशालाको उद्घाटन गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकरप्रसाद उपाध्यायको अध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पसको सेवा समितिका संयोजक बद्रिप्रसाद लम्सालको प्रमुख आतिथ्यमा कार्यशालाको उद्घाटन गरिएको छ ।

कार्यशालामा प्राध्यापक डा. रामकृष्ण महर्जन, डा. लोकराज शर्मा, डा. रामप्रसाद अधिकारी र डा. विजय नेपालले सहजीकरण गर्नुहुनेछ । मकवानपुर बहुमुखी क्याम्पसमा भइरहेको कार्यशालामा मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको छ ।

Exit mobile version