हेटौंडाः सामुदायिक विकास संस्था (सिडिओ) नेपालले मकवानपुरको भीमफेदी गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमका बारेमा सामाजिक लेखा परीक्षण गरेको छ । शुक्रबार भीमफेदी–६ मा सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा सामाजिक परीक्षणको कार्य गरिएको हो ।

प्लान नेपालको सहयोग, भीमफेदी गाउँपालिकाको समन्वयमा सञ्चालित कार्यक्रमबाट सिडिओ नेपालले आर्थिक वर्ष २०७७/७८ मा पालिकाका ६ विद्यालयमा १९ वटा नमुना कक्षाकोठा निर्माण गरेको सिडियो नेपाल मकवानपुरका संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/७८ मा संस्थाले विद्यालय मर्मत सम्भार, आपतकालिन शिक्षा योजना र शिक्षक तालिमहरु सञ्चालन गरिएको छ । सिडिओ नेपालले ३६ लाख २७ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

यसअघि सिडिओ नेपालले बिहीबार मकवानपुरको मनहरी गाउँपालिकामा सामाजिक लेखा परिक्षण गरेको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख प्रदीप पराजुली, गाउँपालिकाका स्रोत शिक्षकहरु गोविन्द्र प्रसाद चौलागाई, कृष्ण प्रसाद पौडेल र १५ विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।