Home मुख्य समाचार सिडिओ नेपालद्वारा भीमफेदीमा १९ नमुना कक्षाकोठा निर्माण

सिडिओ नेपालद्वारा भीमफेदीमा १९ नमुना कक्षाकोठा निर्माण

हेटौंडाः सामुदायिक विकास संस्था (सिडिओ) नेपालले मकवानपुरको भीमफेदी गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमका बारेमा सामाजिक लेखा परीक्षण गरेको छ । शुक्रबार भीमफेदी–६ मा सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा सामाजिक परीक्षणको कार्य गरिएको हो ।

प्लान नेपालको सहयोग, भीमफेदी गाउँपालिकाको समन्वयमा सञ्चालित कार्यक्रमबाट सिडिओ नेपालले आर्थिक वर्ष २०७७/७८ मा पालिकाका ६ विद्यालयमा १९ वटा नमुना कक्षाकोठा निर्माण गरेको सिडियो नेपाल मकवानपुरका संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७/७८ मा संस्थाले विद्यालय मर्मत सम्भार, आपतकालिन शिक्षा योजना र शिक्षक तालिमहरु सञ्चालन गरिएको छ । सिडिओ नेपालले ३६ लाख २७ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

यसअघि सिडिओ नेपालले बिहीबार मकवानपुरको मनहरी गाउँपालिकामा सामाजिक लेखा परिक्षण गरेको थियो । कार्यक्रममा गाउँपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख प्रदीप पराजुली, गाउँपालिकाका स्रोत शिक्षकहरु गोविन्द्र प्रसाद चौलागाई, कृष्ण प्रसाद पौडेल र १५ विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version