जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्नुहुँदै थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर विष्ट । तस्वीरः आतिस यादव/समृद्ध समाज ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुख र उपप्रमुख र सदस्य चयनका लागि मतदान सकिएको छ । अफिसर्स क्लब परिसरमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान कार्यक्रममा २० जनै मतदाताले मतदान गरिसकेका छन् ।

निर्वाचनका लागि १२ जनाले उमेदवारी दिएका छन् । जसमध्ये २ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट प्रमुख, उपप्रमुख र सदस्य गरी ७ जना चयन हुने सहायक निर्वाचन अधिकृत सागर शर्माले बताउनुभयो । मतगणनाको कार्य दिउँसो २ बजे पछि हुने शर्माले जानकारी दिनुभयो ।