हेटौंडाः लागुऔषध गाँजासहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९, बस्तीपुरबाट प्रहरीले १६ किलो गाँजासहित हेटौंडा–१९, बस्तीपुरका ४० वर्षीय किताब सिं गोले, राक्सीराङ गाउँपालिका–१ का ३२ वर्षीय बिक्रम कुमार गोले र ३४ वर्षीय कुमार घ्यावालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार साँझ ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १६५६ नम्बरको माईक्रोबसलाई रोकी सुरक्षाजाँच गर्दा लागुऔषध गाँजा बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
लागुऔषध गाँजासहित पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गर्दै ।