हेटौंडाः नेपाल कमुनिस्ट पार्टी (विप्लब) मकवानपुरले सोमबार एमसीसीको खारेजी माग गर्दै जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरको कार्यालय घेराउ गरेका छन् ।
प्रदर्शनकारीले मूल्य वृद्धि तथा एमसीसी सम्झौताको विरोध जनाउँदै “राष्ट्रघाती एमसीसी सम्जौता खारेज गर”, “एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन”, “गो ब्याक अमेरिका लगायतका नाराबाजी गर्दै कार्यालय घेराउ गरेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका सेक्रेटरी, केन्द्रीय सामाना परिवार इन्चार्ज आरोह नेपाली लगायतको उपस्थिति रहेको थियो ।