आरती उप्रेती मनहरी – ३ हाँडीखोला

म आफैँलाई मात्र चिन्छु
म आफ्नै छायासँग हिँड्छु
हो मेरो साथी म आफैँ हुँ
मेरो सुख दु:ख सुनिदिने

म आफैँ हुँ
मेरा लागि बोलिदिने
म आफैँ हुँ मेरो
सुरक्षागार्ड म आफैँ हुँ

मेरो भविष्यको जिम्मेवार
म आफैँ हुँ
मेरो जिउने आधार
म आफैँ हुँ

मेरो यो आफू शब्द भित्र
बाबा आमा तिमी छुट्टिदैनौ
मेरा लागि सबै म आफू हुँ
मेरो मिल्ने साथी

आँसु पुछिदिने हौसला दिने
साहसी बन्न सिकाउने
म आफैँ हुँ
म मेरो कुरा आफैँलाई सुनाउँछु

आफैँ सल्लाह लिन्छु
आफूबाट आफ्नो हरेक चिज
मेरा लागि प्रिय छन्
हो यही हो आत्मसम्मान

म कसैको ललाइफकाइ चाहन्न
मलाई कसैको गुलाम बन्नु छैन
कसैले नराम्रो भन्नु स्विकार्य छैन

तिम्रा लागि राम्रो बनूँ या नबनूँ

मेरा लागि मभन्दा
सुन्दर अर्को कुनै छैन
तिमीलाई मेरो कुनै चिजसँग

गुनासो होला
मैले लगाएको कपडासँग
गुनासो होला
मैले बोल्ने मिठा

शब्दसँग पनि गुनासो होला
मेरो छुट्टै स्वाभिमानसँग
गुनासो होला
तर मलाई मसँग गुनासो छैन

तिमीले घमन्डी भन्लाउ
म आत्मसम्मान भन्छु
मेरो आफू शब्दभित्र
मेरा बाबाआमा छन्

म आफूलाई कैले हराउन्न
कैले सताउन्न
म हरेकसँग मिठो बोल्छु
सक्ने सबै खुसी दिन्छु

तर म मेरो आफूलाई हार्न दिन्नँ
मेरो आत्मसम्मन
डगमगाउन दिन्नँ ।