आवर्त भट्टराई कक्षा: ८, नवोदय शिशु सदन

हिमाल सेता देशका हुन् सुन्दर गहना
नेपाल देश धेरै त मनका रहेछ सपना

नेपाल देश सलल खोला झरना बगेको
नेपाल देश सुन्दर झन् प्रकृति सजेको

तराई फाँट सुन्दर छन् बालीले झुलेको
सुन्दर दृश्य देखेर मन सबैको भुलेको

नेपाली मन दयालु छन् सबैको पियारा
महान् चाड मानेका यहाँ दशैँ र तिहार

हिमाल सेता पहाड अग्ला प्रकृति धनले
ठुलाठूला रुखले छरेका स्वच्छ हावा नै जीवन

सानो गाउँ सहर छन् यहाँका सुन्दर
नेपाल देश सबैको घुम्ने जाग्दछ रहर