हेटौंडाः मुग्लिन–पोखरा सडकखण्डको आँबुखैरेनी गाउँपालिका–४ ड्यामसाइडमा शुक्रबार बिहान करिब ४ बजेतिर सडक भासिएर मृत्यु हुने २ जना मध्ये एकजना हेटौंडाका यमबहादुर भुजेल रहेका छन् । अर्का मृतक तनहुँका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
गोरखाबाट फर्कने क्रममा हेटौंडा–७ का ३३ वर्षीय भुजेलले चलाएको कार पहिरोमा परेको हो । तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार भुजेल बा १० च ४६७९ नम्बरको कारका चालक हुन् । कारको नम्बर प्लेट र गाडीका केही टुक्रा भेटिए पनि पूरै कार नभेटिएको प्रहरीले जनाएको छ ।