ईन्द्रसरोबर तालमा माछाको भूरा छोड्दै ।

हेटौंडाः ईन्द्रसरोबर गाउँपालिकाले ईन्द्रसरोबर तालमा ६ लाख माछाको भूरा छोडिएको छ । गाउँपालिकाबाट ५ लाख र मत्स्य व्यवसायी संघबाट १ लाख गरी जम्मा ६ लाख माछाको भूरा आज बिहान तालमा छोडिएको हो ।

गाउँपालिकाको स्वीकृत अनुदान ५ लाख रुपैयाँ र जनश्रमदान एक लाख रुपैयाँ गरी जम्मा ६ लाख रुपैयाँमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामा, १ नम्बर वडा अध्यक्ष सुवास थापा मगर, ईन्द्रसरोबर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाई, कृषि शाखा प्रमुख कुमार पौडेल, मत्स्य व्यवसायी संघका अनिल लामा लगायतको उपस्थिति रहेको थियो ।