हेटौंडाः मकवानपुरको बकैया गाउपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । शनिबार बिहान बकैया गाउँपालिकाको सभाहलमा नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान एवं झरना–बकैया वाङ्मय प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको झरना–बकैया वाङमय प्रतिष्ठानका अध्यक्ष दीपक गौतमले बताउनुभयो । गत वर्ष चैत १० गते कार्यपालिकाको बैठक पास गरेको झरना–बकैया वाङ्मय प्रतिष्ठानको कार्यविधि अनुसार तत्काल ऐन जारीगरी सोही स्थानिय प्रज्ञा प्रतिष्ठानको जिम्मेवारी झरना–बकैया वाङ्मय प्रतिष्ठानलाई दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

अगामी आर्थिक वर्ष झरना–बकैया वाङ्मय प्रतिष्ठानको भवन निर्माणको लागी बजेट विनियोजन गर्ने र प्रतिष्ठान मार्फत् स्थानिय कला, साहित्य, भाषा, संस्कृतिको संरक्षण र सम्वर्धनका लागी आवश्यक नियमित बजेट विनियोजन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

झरना साहित्य परिवार मकवानपुरको कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष दामोदर खनाल, गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, झरना–बकैया वाङ्मय प्रतिष्ठानका सल्लाहकार जनार्धन खनाल लगायत सम्पूर्ण वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थित रहेको थियो ।