हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश भित्र चेपाङ संरक्षण क्षेत्र बनाउने भएको छ । आज सोमबार बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख यादबचन्द्र शर्माले मकवानपुरमा बसोबास गरेका चेपाङ समुदायलाई चेपाङ संरक्षण क्षेत्र बनाईने बताउनुभएको छ ।
प्रदेश सरकारले प्रदेश भित्र बसोबास गर्ने लोपोन्मुख र अतिसिमान्तकृत समुदायहरु बनकरिया, चेपाङ, जिरेल, माझी, दनुवार गन्धर्व लगायत सूचीकृत समुदायको लागि विशेष कार्यक्रम ल्याउने भएको छ । उहाँका अनुसार चेपाङ समुदायको आर्थिक, सामाजिक रुपान्तरणको लागि प्रदेश भित्र मकवानपुर, धादिङ, चितवन रहेका चेपाङ बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षण क्षेत्र बनाईनेछ ।










