हेटौंडाः कक्षा १२ को बार्षिक परीक्षा सोमबारबाट सुरु भएको छ । सोमबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ । पहिले दिन मकवानपुरमा नियमिततर्फ १ सय २४ जना विद्यार्थीहरु अनुपस्थित भएका छन् ।
मकवानपुर जिल्लामा ५ हजार ७ सय ९३ जना फारम भरेका परीक्षार्थी मध्ये ५ हजार ६ सय ६९ जनाले परीक्षा दिएका छन् । २ हजार ७ सय ८१ जना छात्र र २ हजार ८ सय ८१ जना छात्रासहित ५ हजार ६ सय ६९ जना परीक्षामा सहभागी भएका हेटौंडास्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयका अधिकारीले जनाएका छन् । मकवानपुर जिल्लामा १२ वटा परीक्षा केन्द्र तोकिएका छन् । भोलि मंगलबार अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ ।