हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० को अध्यक्षमा कमला वाईबा विजयी भएकी छिन् । आइतबार साँझ सार्वजनिक मत परिणाम अनुसार नेपाली काङ्ग्रेसकी कमला वाईबा ७ सय ८२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएकी हुन् ।
२०७४ सालको निर्वाचनमा बकैया गाउँपालिकाको उपाध्यक्षकी प्रत्यासी वाईबा यस पटक गठबन्धनबाट वडा अध्यक्षको उम्मेदवार बनेकी हुन् । वडा अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका उम्मेदवारले ४ सय ६४ मत मात्रै पाए । सदस्यमा माओवादी केन्द्रकी राज कुमारी भोम्जन, काङ्ग्रेसकी सुमित्रा बिक, तीर्थ भोम्जन र माओवादी केन्द्रका राम बहादुर घलान विजयी भएका छन् ।
