Home मुख्य समाचार कैलाश ४ मा तीलक, ७ मा उदास र ८ मा आशिष विजयी

कैलाश ४ मा तीलक, ७ मा उदास र ८ मा आशिष विजयी

हेटौंडाः कैलाश गाउँपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका तीलक बहादुर मुक्तान, ७ मा नेपाली कांग्रेसका उम्मेदवार उदास कुमार भोलन र वडा नम्बर ८ मा आशिष प्रजा विजयी भएका छन् । वडा नम्बर ४ मा तीलक बहादुर मुक्तानले ३ सय ४४ र वडा नम्बर ७ मा उदास कुमार भोलनले ३ सय १२ मतसहित विजयी हुनु भएको हो । यस्तै, वडा नम्बर ८ मा नेपाली कांग्रेसका आशिष प्रजा २ सय ९० मतसहित विजयी हुनु भएको छ ।

४ मा वडा अध्यक्षका प्रत्यासीहरु नेकपा एमालेका केशब मुक्तानले ३ सय ३५, नेपाली कांग्रेसका वीरचन्द्र प्रजाले २ सय २४ मत प्राप्त गरेका थिए । सदस्यहरुमा माओवादी केन्द्रका रविन्द्र सिन्तान(३३३), नेकपा एमालेका नीमराज प्रजा(३१५), महिला सदस्यमा नेकपा माओवादीका सम्झना गोले(३४५) र दलित महिला सदस्यमा माओवादी केन्द्रकी एलिसा सुनार(३४७) विजयी भएका छन् । ७ मा उदासको प्रत्सासी नेकपा माओवादी केन्द्रका आईत राम चेपाङले २ सय ५०, नेकपा एमालेका सुरेन्द्र घलानले २ सय २२ मत ल्याएका थिए ।

यस्तै, सदस्यहरुमा नेपाली कांग्रेसका मान बहादुर चेपाङ(३०६), प्रेम बहादुर थिङ(२९५), महिला सदस्यमा कुमारी माया तामाङ(३०३) र दलित महिला सदस्यमा उद्धब माया दर्जी(३२३) विजयी भएका छन् । यस्तै, वडा नम्बर ८ को सदस्यमा नेकपा एमालेका हिरा बहादुर घलान(३६६), नेपाली कांग्रेसका सानु कान्छा मुक्तान(३५८), महिला सदस्यमा नेपाली कांग्रेसकी मित्र कुमारी मुक्तान(३१९) र दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सेती माया सुनार(३२४) विजयी भएका छन् ।

Exit mobile version