हेटौंडाको मतगणना गर्दैै गणकहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ मा नेकपा एमाले अगाडी देखिएको छ । ६ सय मत गणना गर्दा नेकपा एमालेले वडाध्यक्षमा हालसम्म २ सय २७ मतसहित अग्र स्थानमा रहेको छ ।

यस्तै, वडा अध्यक्षमा नेपाली कांग्रेसले १ सय ७७, राप्रपाले १७ र माओवादी केन्द्रले १ सय ५१ मत प्राप्त गरेको छ । मेयरमा भने गठबन्धनको तर्फबाट नेकपा समाजवादीले २ सय २४, नेकपा एमालेले १ सय ८४, राप्रपाले १ सय ५ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपमेयरमा नेपाली काँग्रेसले २ सय ४५, नेकपा एमालेले २ सय २२, राप्रपाले १९ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।