हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडामा शिव प्रसाद खनाल विजयी भएका छन् । शनिबार दिउँसो सम्पन्न मतगणनामा खनाल ७ सय मतान्तरले विजयी भएका हुन् । खनाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।
१ हजार ९३ मतसहित खनाल विजयी हुँदा निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत मात्रै ल्याए । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ३ सय ३१ मत पाएका छन् । १ नम्बर वडामा खनालको प्यानलै विजयी भएको छ । वडा सदस्यमा दीपक ढकाल, सानोकान्छा घलान, सेतीमाया तामाङ र सावित्री घिमिरे निर्वाचित भएका छन् । यसअघि नेपाली कांग्रेसबाट इन्द्रसरोवर गाउँपालिका–१, भीमफेदी गाउँपािलका १ नम्बर वडामा पनि वडा अध्यक्ष निर्वाचित भइसकेका छन् ।
