हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । १ नम्बर वडाको मत गणना गर्दा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एमालेका खेम जर्गा मगरले अग्रता बनाएका छन् ।
२ सय मत गणना गर्दा जर्गाले ९६ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायले बताउनुभयो । यस्तै गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार सर्केश घलानले ६७ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदका उम्मेदवारमा भने गठबन्धनका तर्फबाट फणिन्द्र तिमल्सिनाले अग्रता बनाएका छन् । २ सय मत गणना गर्दा तिमल्सिनाले १ सय २८ मत प्राप्त गरेका छन् ।
२ सय मत गणना गर्दा वडा नम्बर १ को अध्यक्षका उम्मेदवार नेपाली काङ्ग्रेसका काजिमान भोलनले अग्रता बनाएका छन् । भोलनले ९३ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका यहुन्ना राईले ६९ मत प्राप्त गरेका छन् । यस्तै एमालेका यक्ष बहादुर श्रेष्ठले ३४ मत प्राप्त गरेका छन् । बागमती गाउँपालिकामा २२ हजार मतदाता रहेकोमा १७ हजार ४३ ले मतदान गरेका छन् ।
