मतगणना कार्य सुरु गर्दै गणकहरु ।

हेटौंडाः स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको नतीजा थाहा पाउन शनिबार बिहानदेखि मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु गरेको हो । हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये १ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा मतगणना गरिँदैछ ।