मतगणना केन्द्रमा मतपेटिका ल्याउँदै सुरक्षाकर्मी । तस्वीरः रामकृष्ण घोरासाइनी ।

रामकृष्ण घोरासाइनी
हेटौंडाः मकवानपुर जिल्लाको १० वटै पालिकामा मतदानको कार्य सकिएको छ । देशभर स्थानीय तहको निर्वाचनको कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लाका १० वटै पालिकामा बिहान ७ बजेदेखि सुरु भएको मतदानको कार्य अपरान्ह ५ बजे मतदानको कार्य पूरा भएसँगै मतदान केन्द्रबाट मतपेटिका ल्याउन सुरु गरिएको हो ।

मतगणना केन्द्रमा मतपेटिका ल्याउँदै सुरक्षाकर्मी । तस्वीरः रामकृष्ण घोरासाइनी ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणनास्थल हेटौंडा–२ स्थित सिद्धार्थ माविमा मतपेटिका ल्याउन सुरु भएको छ । साँझ ६ बजे नै मतपेटिका आइसकेको छ । आज बेलुकीसम्ममा नगरका सबै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि मतगणनाको कार्य सुरु हुनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!