हेटौंडाः हेटौंडा–१५, शिखरपानीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी ६० बर्षीया मनमाया पाख्रिनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीको भनाइ छ । दुर्घटनामा परी गम्भीर घाइते पाख्रिनको हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको चालक फरार रहेको प्रहरीले जनाएको छ ।











