साङ्केतिक तस्विर

हेटौंडाः हेटौंडा–१७ मा कर्राखोलामा डुबेर एकजना पुरुषको मृत्यु भएको छ । कर्राखोला तर्ने क्रममा सोमबार हेटौंडा–१७, राईटोलका ५१ बर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको थियो ।