जनरल श्रेष्ठ
सम्भवतः यो समय राजनीतिमा खास चासो राख्ने र लाग्ने युवाका लागि स्वर्णिम समय हो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा युवाहरु यस हिसाबले अगाडि बढेको छ, पाइला चालेको छ, हरेक पार्टीमा । यो राष्ट्र विकासको भोलिको भविष्य आजबाट कोरिन लाग्यो । अब नयाँ युगको शुरुवात भयो भन्ने कोणबाट यो समाजले बुझ्यो भने पक्कै पनि युवा राजनीतिज्ञहरुका लागि यो स्वर्णिम युग हुन सक्छ र बन्छ पनि ।
एउटा युवासँग खासगरी नेपाल जस्तो अल्पविकसित देश र अर्ध सामन्ती र अर्ध पुँजीवाद हावी भएको यस भूमिमा धेरै विकल्पहरु हुँदैन । त्यस माथि यो राष्ट्रको अर्थ व्यवस्था राणाकालिन युग, पञ्चायत, माओवादीको १० बर्षे द्वन्द्वमा फसेको र यो भुपरिवेष्टित राष्ट्रको नेताहरुले युवाहरु लाई लटको हिसाबले र क्षमताका हिसाबले पटक–पटक खाडी र विद्यार्थी भिसामा अस्ट्रेलियाको बाटो निर्देश गर्ने कार्य मात्र ग¥यो । अनि बचे खुचेको युवालाई बलको हिसाब, हड्डीको आकारका हिसाबले झोला बोकाउने कार्य भयो । तर, युवाहरुको सोच र उडानको गति र दूरी बेग्लै हुन्छ र सम्भवतः अब यो उडान र गतिले एउटा दिशा लिँदैछ । युवाहरुको हरेक वडा, पालिकाहरुमा जुनखाले उम्मेदवारीको सङ्ख्या बढेको छ । त्यसले देखाउँछ यो राजनीति अनि नेतृत्व गर्ने युवाहरुका लागि सम्भवतः स्वर्णिम युग हो ।
अब हामी यो अवसरलाई योजनावद्ध ढङ्गले तहगतरुपमा आफ्नो आफ्नो वडा, पालिका हुँदै राष्ट्र विकासमा प्रयोग गर्छौ । हामी शुरुमा अब ५–१० बर्षपछि युवा बन्न लागेका विद्यार्थीहरुलाई बिदेश पलायन हुनबाट रोक्नका लागि हरेक विद्यालयमा प्राविधिक सीपयुक्त शिक्षाका लागि जग बसाल्छौं । प्रविधिमैत्री शिक्षा र आफैंले बनाउने अनि बेच्ने, त्यो उद्देश्यसहितको शिक्षा प्रणालीका लागि जोड गर्छौं । अनि बाहिरबाट विज्ञ ल्याउनुपर्ने परिस्थितिलाई रोक्छौ । हामी युवा अनि विद्यार्थीहरुलाई लागूऔषध दूव्र्यसनीको साङ्लोबाट छुटाउँछौं र घर, व्यवहारको निराशाको विकल्प मद्यपान अनि लागूऔषध हैन भनेर सिकाउँछौं र त्यसका लागि उनिहरुलाई कला, साहित्य र खेलसँग जोडाउँछौं । हामी त्यसका लागि खेल खेल्ने प्रसस्त पूर्वाधारहरु बनाउँछौं । सुविधासम्पन्न पुस्तकालयहरु विकास गर्छौं । नृत्य, नाटक घरहरुको निर्माण गर्छौ । हामी हाम्रो अभिभावक ज्येष्ठ नागरिकको हेरविचारमा राम्रो ध्यान पु¥याउँछौं । त्यसका लागि हामी भेटवार्ता चौतारी प्रशस्त बनाउँछौं भने उहाँलाई वडाले दिनुपर्ने सेवा, सुबिधा लाई छिटो–छरितो बनाउँछौं । नियमित स्वस्थ्य जाँचको व्यवस्था मिलाउँछौं ।
सबैभन्दा महत्वपूर्ण पक्ष भनेको वातावरण हो । अब हामी वातावरण र विकास बीच सन्तुलन मिलाउँछौं र सौन्दर्यतालाई पनि जोड दिन्छौं । स्वच्छ हावा लिनका लागि धुलोरहित वातावरण बनाउन विशेष जोड गर्छौं । वडाभित्र रहेका हाम्रो धर्म, संस्कृतिलाई जगेर्ना गर्न मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चहरुको निर्माण अनि व्यवस्थापनमा जोड गर्छौ । हामीसँग एउटै मात्र पृथ्वी छ । एउटै मात्र आफ्नो देश छ । एउटा आफ्नै जन्मथलो अनि कर्मभूमि, सुन्दर सफा नगरी हेटौंडा छ भन्दा सपना देखिस भने जस्तो होला । तर, आफ्नो स्थान अनि भूमि साँच्चै स्वर्गको टुक्रा बनाउने रहर अनि अठोट छ हामी युवामा । त्यसैले त यो स्वर्णिम युग हो, तपाइ हाम्रो सबै नेपालीको ।
तसर्थ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आम मतदातालाई आआफ्नो मताधिकार प्रयोग गर्न आव्हान गर्दछु । मतलाई मूल्यवान ठानेर योग्य उम्मेदवारलाई छानेर आफ्नो पालिकाको सुन्दर भविष्यको आधार तयार पार्न आग्रह गर्दछु । राजनीतिमा अनेकौं समस्याहरु छन्, त्यसबाट हामी निराश पनि छौं । तर, राजनीतिलाई सुधार्ने, राजनीतिकर्मीलाई सुधार्ने महत्वपूर्ण अवसर र समय नै निर्वाचन हो । अमूल्य मतदान गरेर निरन्तर राजनीतिक दल, राजनीतिकर्मीलाई घच्घच्याउने, सचेत गराउने र जिम्मेवार हुन प्रेरित गर्न आम नागरिकले आफ्नो भूमिका निर्वाह गरौं ।
(लेखक हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का सदस्यका उम्मेदवार हुनुहुन्छ ।)