हेटौंडाः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि बागमती प्रदेश टिम तयार गर्न खेलाडी छनौट फारम भर्न सूचना आह्वान गरिएको छ । गण्डकी प्रदेशमा आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन प्रदेश टिम तयार गर्न खेलाडीलाई फारम भर्न मकवानपुर जिल्ला खेलकुद विकास समितिले सूचना आह्वान गरेको हो ।

आगामी बैशाख २८ गतेभित्र फारम भर्न सकिने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभयो । खेलाडीले जिल्ला खेलकुद विकास समितिको कार्यालयमा उपस्थित भएर फारम दर्ता गर्न सकिनेछ । खेलाडीहरुले टेबलटेनिस, जुडो, उसु, आइटिएक तेक्वान्दो, कबड्डी, बास्केटबल, बुद्धिचाल, हक्की र रग्बीका लागि फारम भर्न सकिने जनाइएको छ । फुटबल, भलिबल, क्रिकेट र तेक्वान्दोलगायत खेलका टिम भने यसअघि नै तयार भइसकेको छ ।