हेटौंडाः गजल मञ्च मकवानपुरको अध्यक्षमा केशव समर्पण चयन भएको छ । आइतबार भएको गजलको तेस्रो अधिवेशनले मकवानपुरका पत्रकार तथा गजलकार समपर्णलाई अध्यक्षमा चयन गरिएको हो ।
यसैगरी मञ्चको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी आशुतोषलाई चयन गरिएको छ । सदस्यहरुमा किशन पौडेल, स्वस्तिका दाहाल, भोला शिवाकोटी, रोशनी चौलागाई रहेका छन् । उक्त कार्यसमितिले १ जना सदस्य पछि मनोनयन गर्ने गरी ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।











