हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको महासचिवमा छवि सुवेदी मनोनित हुनु भएको छ । संघका अध्यक्ष टिकाराम लामाको अध्यक्षतामा मंगलबार बसेको बैठकले सुवेदीलाई सर्वसम्मत महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो । यस्तै बैठकले कोषाध्यक्षमा अमृत लुङ्वा, सचिवमा सुनिल लोप्चन र सहकोषाध्यक्षमा अतुल बर्मालाई मनोनित गर्ने निर्णय गरेको छ ।
गत शनिबार मात्रै सातौं अधिवेशनबाट मकवानपुर जिल्ला फुटबल संघमा टिकाराम लामाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको थियो । मंगलबारै बसेको बैठकले आगामी जेठ १२ गतेदेखि स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगिता आयोजना गर्ने गरी तयारी सुरु गर्ने निर्णय गरिएको नवनियुक्त महासचिव छवि सुवेदीले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि स्थानीय तहहरुसँग आवश्यक समन्वय गरेर तयारी सुरु गर्ने निर्णय भएको सुवेदीले बताउनुभएको छ ।











