हेटौंडाः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलाश गाउँपालिकामा १ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जनाले निर्वाचन अधिकृत कार्यालय कैलाशमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँगे्रसबाट लोक बहादुर मोक्तान, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नरेन्द्र लाल रिजाल, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीबाट टेक बहदुर मोक्तान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्त बहादुर रुम्बा, नेपाल मजदुर किसान पार्टीबाट सन्त माया बुढाथोकीले कैलाश गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गरेका छन् । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्वती लामा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट बाल कुमार मल्ल ठकुरी, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सुकु माया थिङले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट श्याम उप्रेतीले उम्मेदवारी दिएका छन् ।











