सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा मंगलबार एक जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा ९ जनाको पीसीआर र १ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा हाल ३ जना होम आईसोलेसनमा उपचारत रहेको छ भने संक्रिय संक्रमितको संख्या पनि ३ जना रहेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । स्थानीय तहको निर्वाचन नजिकै आएकोले जिल्लामा भिडभाँड बढ्न थालेको छ । यसले कोरोना संक्रमणको सम्भावना पनि बढाएको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेकोले सचेत भएर मास्कको प्रयोग अनिवार्य गर्न जिल्ला स्वास्थ्य कार्यालयले मकवानपुरले सबैलाई अनुरोध गर्दै आएको छ ।