हेटौंडा-४ स्थित भुटनदेवी माविमा परीक्षा दिन उपस्थित भएका तस्बिर फाइल विद्यार्थीहरु ।

हेटौंडाः शैक्षिक सत्र २०७८ को विद्यालय शिक्षा परीक्षा (एसईई) को चौंथो दिन मकवानपुरमा नियमित तर्फ २ सय २१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । मंगलबार भएको विज्ञान विषयको परीक्षामा ९८ जना छात्र र १ सय २३ जना छात्रा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । ग्रेडवृद्धि तर्फ ५ जनाले परीक्षा दिएको इकाईका सूूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

आवेदन फारम भरेका मध्ये ३ हजार ३ सय जना छात्र र ३ हजार ६ सय २० जना छात्रा गरी सोमबारको परीक्षाका ६ हजार ९ सय ४२ जना मात्र परीक्षार्थी परीक्षामा सहभागी भएको उहाँले बताउनुभयो । कोभिड–१९ महामारीका कारण पछिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको एसईई शुक्रबारबाट देशभर सुरु भएको हो । मकवानपुरमा २४ वटा परीक्षा केन्द्रमा एसईई भइरहेको छ । भोली बुधबार भने सामाजिक विषयको परीक्षा रहेको छ ।