आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक वीरबंश बैठा सम्मानित हुँदै ।

हेटौंडाः वोल्र्ड बुक अफ स्टार रेकर्डको आयोजनामा सञ्चालन भएको अर्वाड साँस्कृतिक कार्यक्रममा आधुनिक राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक वीरबंश बैठा सम्मानित हुनु भएको छ ।

शिक्षाकोे क्षेत्रमा विशेष योगदान गरेको भन्दै मेडल र सम्मान पत्रद्वारा बैठालाई सम्मान गरिएको हो । बैशाख ३ गते शनिबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा सार्कका सम्पुर्ण देशलाई समेटेर अर्वाड साँस्कृतिक कार्यक्रम भएको बताएको छ । कार्यक्रममा नेपालको सुजाता कोईरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।