हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न सुरु गरेको पहिलो दिनमै भीमफेदी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाको उम्मेदवारी दर्ता गराएको छ ।
अध्यक्षका उम्मेदवार हिदम लामाको प्रस्तावकमा महेश कुमार बर्तौला र समर्थकमा संग्राम खड्का रहनुभएको छ भने उपाध्यक्ष पार्वती रानाको प्रस्तावकमा सानु थापा मगर र समर्थकमा रेशम लामा रहनुभएको छ ।
यस्तै वडा अध्यक्षमा वडा नम्बर १ मा पञ्चमाया स्याङ्तान, २ मा काशिराम बज्यु, ३ मा प्रकाश पौडेल, ४ मा सागर पाण्डे, ५ मा जाहारसिं लामा, ६ मा सीताराम थापा, ७ मा प्रमेश्वर राना मगर, ८ मा विष्णु बहादुर लामा र ९ मा प्रकाश पुडासैनीको उम्मेदवारी दर्ता गरिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हिदम लामा र पार्वती राना नै यस पटक पनि सर्वसम्मत अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बन्नुभएको हो । यस्तै २०७४ सालमा नेकपा एमालेले भीमफेदीको २, ४, ५, ६, ८ र ९ नम्बर वडा जितेको थियो ।











