हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोईनसहित एकजनालाई पक्राउ गरेको छ । ६ ग्राम ६ सय ८० मिली ग्राम लागुऔषध खैरो हिरोईनसहित हेटौंडा–५ का ३३ बर्षीय सन्तोष पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार साँझ ५ बजेर ३० मिनेटको समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–२ मनकामनाटोलमा डेरा गरी बस्ने पोखरेलको कोठामा खोजतलास गर्दा लागुऔषध खैरो हिरोईन फेला पारेको थियो । पोखरेललाई उक्त लागुऔषध खैरो हिरोईनसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।











