हेटौंडाः नेकपा एमालेले मकवानपुरका १० वटै पालिकाको प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंग्याएको छ । एमालेले १० वटा पालिकाका २० जना उम्मेदवारमा ९ जना पुराना अनुहार हुन् भने ११ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।

एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल, उपमेयरमा सुमित्रा काफ्ले, थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल, उपमेयरमा कल्पना बलामी, बागमती गाउँपालिकाको अध्यक्षमा खेमराज जर्गामगर, उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिकाको अध्यक्षमा सरला बोलखे, उपाध्यक्षमा लालबहादुर स्याङ्तान, मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बिदुर हुमागाई, उपाध्यक्षमा सन्तु थिङ, भीमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा, उपाध्यक्षमा पार्वती राना, इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा देवकृष्ण पुडासैनी, उपाध्यक्षमा उमा लामा, कैलाश गाउँपालिकाको अध्यक्षमा नरेन्द्रलाल रिजाल, उपाध्यक्षमा सुकुमाया थिङ, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा बाबुलाल स्याङतान, उपाध्यक्षमा सुन्तलीमाया प्रजा, मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

९ जना पुराना अनुहारमध्ये मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा बिदुर हुमागाई, मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा दोहोरिँदै हुनुहुन्छ भने बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्दै हुनुहुन्छ । यस्तै बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामा र कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दै हुनुहुन्छ । मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार सन्तु थिङ वडा सदस्यबाट पालिकाको उपाध्यक्षको उम्मेदवार बन्न लाग्नुभएको हो ।

नयाँ अनुहारको रुपमा नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा क्रमशः अनन्त प्रसाद पौडेल र सुमित्रा काफ्ले, थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल, उपमेयरमा कल्पना बलामी, बागमती गाउँपालिकाको अध्यक्षमा खेमराज जर्गामगर, बकैया गाउँपालिकाको उपाध्यक्षमा लालबहादुर स्याङ्तान, इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा देवकृष्ण पुडासैनी, कैलाश गाउँपालिकाको अध्यक्षमा नरेन्द्रलाल रिजाल, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा बाबुलाल स्याङतान, उपाध्यक्षमा सुन्तलीमाया प्रजा, मनहरी गाउँपालिकाको उपाध्यक्षमा सुजिता थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।