सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा ८ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बागमती–६ की बालिकालाई बलात्कार गरेको अभियोगमा ४९ बर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ पीडित बालिकाकी आमाले आफन्तबाटै छोरी पटक–पटक बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

आरोपितलाई अहिले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । पीडित भनिएकी बालिका अहिले बिरामी रहेको र उपचार भइरहेको प्रवक्ता कार्र्कीले बताउनुभयो ।