हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडामा ज्येष्ठ नागरिक मञ्च गठन गरिएको छ । ज्येष्ठ नागरिक मञ्च मकवानपुरका अध्यक्ष हरि प्रसाद सिग्देलको सभाध्यक्षता तथा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा शुक्रबार मञ्च गठन गरिएको हो ।
शुक्रबारको भेलाले चन्द्रकान्ता श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । मञ्चको सचिवमा भोला प्रसाद फुयाल, कोषाध्यक्षमा बालकृष्ण दाहाल, सदस्यहरूमा विष्णुप्रसाद सुवेदी, मुरारी प्रसाद पौडेल, रामजी थपलिया, तिलकमाया बस्नेत सर्वसम्मत चयन हुनु भएको छ ।