वन्यजन्तु सप्ताहअन्तर्गत शुक्रबार निकालिएको र्‍यालीमा सहभागीहरु ।

हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको वन संकाय र वन विज्ञान अध्ययन संस्थानको आयोजनामा २७ औं वन्यजन्तु सप्ताह सुरु भएको छ । ‘मानव–वन्यजन्तु सहअस्तित्व हाम्रो साझा दायित्व’ भन्ने नाराका साथ वन्यजन्तु सप्ताह सुरु भएको वन विज्ञान संकायका विद्यार्थी सुजन खतिवडाले जनकारी दिनुभयो ।

वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षणका लागि वन विज्ञान संकायका विद्यार्थीहरुको आयोजनामा बिहीबारबाट वन्यजन्तु सप्ताह सुरु भएको हो । वन्यजन्तु सप्ताहको अवसरमा शुक्रबार क्याम्पस परिसरबाट सचेतनामूलक ¥याली निकालिएको थियो । क्याम्पस परिसरबाट विद्यार्थीले निकालेको र्‍यालीले हेटौंडा बजारक्षेत्र परिक्रमा गरेको थियो ।

वन्यजन्तु सप्ताहअन्तर्गत क्यामरा ट्र्याकिङसम्बन्धी तालिम, क्याम्पस परिसरको सरसफाईसँगै विद्यार्थीलाई चराचुरुङ्गी चिन्ने तालिमको आयोजना गरिनेछ । यस्तै अन्तिम दिन सप्ताहमा सहभागी विद्यार्थीलाई पुरस्कार वितरण गरिने खतिवडाले जानकारी दिनुभएको छ । सप्ताहअन्तर्गत पहिलो दिन बिहीबार विद्यार्थीले क्याम्पस परिसरमा वन्यजन्तु संरक्षण सम्बन्धी २ वटा सचेतना बोर्ड राखेका छन् ।