हेटौंडाः नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को वडा सम्पर्क कार्यालयको मंगलबार उद्घाटन गरिएको छ । वडा सम्पर्क कार्यालयको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले माओवादीले जनतासङ्ग गरेको बाचा पूरा गर्दै आएको जानकारी दिनुभयो । उहाँले सुकुम्बासीलाई लालपुर्जा दिन माओवादीले नै पहल गरेको स्पष्ट पार्नुभयो । मन्त्री मोक्तानले दुःख पर्दा माओवादी पार्टीलाई सम्झिन सर्वसाधारणलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा सह–इन्चार्ज मधुकुमार थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा १५ जनाभन्दा बढी युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी केन्द्रिय सदस्य श्रद्धा लामा र बागमती प्रदेश उपाध्यक्ष तथा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी(छिन्तु)को विशेष आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे(प्रलोक), प्रदेश सचिवालय सदस्य ललितबहादुर घलान, प्रदेश सदस्य शंकरराज बानियाँ(सागर), प्रदेश परिषद् सदस्य रामजी नेपाल, नगर इन्चार्ज विवेक राइ, नगर अध्यक्ष तिर्थबहादुर थापा, जिल्ला सदस्य कमलचन्द्र सुमन लगायतको उपस्थिति रहेको थियो ।