आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर सहयोग हस्तान्तरण गर्दै ।

हेटौंडाः नेपाली काँग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकास्थित एक विद्यालयलाई प्रिन्टर र कम्प्युटर सहयोग गर्नुभएको छ ।

थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्प्युटर सहयोग गर्नुभएको छ । हेटौंडामा सोमबार विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई हस्तान्तरण गर्नुभएको हो । नेता पराजुलीले विद्यालयमा कम्युटर शिक्षासँगै विद्यालयको अभिलेख राख्न सहयोग पुगोस् भनेर सहयोग गरेको जानकारी दिनुभयो । प्रिन्टर र कम्प्युटर हस्तान्तरण कार्यक्रममा काँग्रेस प्रदेश सभा १ (ख) का क्षेत्रीय सभापति खड्ग गोपाली, काँग्रेस थाहा नगर समितिका सभापति प्रमोद जोशी र थाहा नगरपालिका वडा नं. ८ इकाई सभापति रामकुमार घलानको उपस्थिति रहेको थियो । उक्त विद्यालयमा ६६ जना विद्यार्थी अध्ययनरत छन् ।