पुस्तक समीक्षा
उज्यालोको रङ बाल उपनयासकी लेखिका जानुका खतिवडा हुन् । यस पुस्तकको नाम उज्यालोको रङ लेख्नुको कारण भन्नुपर्दा मायाले काका काकीलाई धामी झाक्री अन्धविश्वास हो भनेर भनेकी छिन् । काका काकीलाई मात्र नभएर त्यहाँ उपस्थित हुनुभएका सबैलाई अन्धविश्वास साथै अन्धकारको जीवनबाट हटाएकी छिन् । साथै विधवा नारीलाई आफ्नो जीवन जिउने हक हुनुपर्छ भन्ने सन्देश समाज साथै विधवा नारीहरुलाई फैलाएकी छिन् । हामीले दुःख भयो भन्दैमा काम, कार्य छोडेर दुःखी हुन हुँदैन जीवनमा अघि बढ्नुपर्छ भनेर नै यस पुस्तकको नाम उज्यालोको रङ राखिएको हो भन्ने मेरो व्यक्तिगत ठम्याइ रहेको छ ।
उज्यालोको रङ बाल उपन्यासको मलाई मनपर्ने पात्रको नाम माया हो । उनी यस उज्यालो रङ किताबकी मुख्य पात्र हुन् । मायाले आफ्नो भूमिका राम्ररी निभाएकी छिन् । मायाले आफूलाई गलत बाटोमा जान दिएकी छैनन् । आफ्नी आमाले भनेको कुरालाई राम्ररी पालना गरेकी छिन् । बुबाको निधन पछि मायाले पूरा गरेकी जिम्मेवारी र आमालाई दिने साथ सबै छोराछोरीले मायाबाट ज्ञान आर्जन गर्न सक्छौँ । अन्धविश्वासको बाटोमा जान हुँदैन भन्ने सन्देश दिइन् । यदी मायाको ठाउँमा म भएकी भए म पनि आमाले भनेकी कुरालाई मायाले जस्तै सम्मान गर्थेँ साथै साइकलका लागि भने केही समय धैर्य राख्थेँ । बुबाको निधनपछि मायाले पूरा गरेकी दायित्व र आमालाई दिने साथ सबै छोराछोरीले मायाबाट ज्ञान लिन सक्छौँ। मायाले समाजबाट अन्धविश्वासलाई हटाएकी छिन् । मायाले समाजलाई हामी छोरीले पनि छोरा जस्तै जिम्मेवारी पूरा गर्न सक्छौँ भनेर सोच बदलिदिइन् । म मायाको ठाउँमा भैदिएकी भएपनि मैले माया जस्तै सकरात्मक बाटोमा आफू पनि लाग्थेँ र अरुलाइए पनि लाग्न प्रेरित गर्थेँ ।
यस पुस्तकबाट हामीले धेरै सन्देश प्राप्त गर्न सक्छौँ। यसले हामीालई लैड्डिक विभेदको बारेमा सन्देश दिन्छ साथै विधवा नारीहरुलाई पनि आफ्नो जीवन जिउने हक हुनुपर्छ । जीवन भनेकै सुख दुःखको खेल हो । जति नै दुःख आएपनि पछि पर्नु हुँदैन । जीवनमा जस्तो समय आएपनि अघि बढ्नुपर्छ । हामीले सत्यको पछि लाग्नुपर्छ । सहयोग चाहिने मानिसलाई आफूले सकेसम्म निस्वार्थ सहयोग गर्नुपर्छ । समाजमा हुने अन्धविश्वासलाई आफूले हटाउनुपर्छ । समाजलाई राम्रो कुराको सन्देश फैलाउनुपर्छ भन्ने यस किताबले सन्देश दिइएको मलाई भान भएको छ ।
भाषाशैलीको कुरा गर्दा यस पुस्तक उज्यालोको रङमा नेपाली भाषा साथै आगन्तुक शब्दहरुको पनि प्रयोग गरिएको छ । यो पुस्तकमा रहेको भाषाशैली सहज साथै कतैकतै कठीन पनि छ । यो भाषाशैली हामीदेखि बुढापाखासम्मले बुझ्ने खालको छ । गाउँघरमा प्रयोग हुने भाषा, शब्द प्रयोग भएका छन् । कठीन शब्द नआएमा पछाडि अर्थहरु पनि समेटिएकाले बुझ्न निकै नै सहज तुल्याएको छ ।
बाल उपन्यासको सारांशको कुरा गर्ने हो भने माया यस उपन्यासकी मुख्य पात्र हुन् । बुबाको निधनपछि मायालाई एकदमै गाह्रो भइरहेको थियो । दाइ भने विदेशमा हुनु हुन्थ्यो । घरमा उसलाई आमापनि हेर्नु पथ्र्यो । काका काकीहरुसँग नबोलेको धेरै भैसकेको थियो । मायालाई विद्यालय जान ढिलो भइरहेको थियो त्यही भएर उसले निस्तो च्याख्ला गाँस हालेर दोडेकी थिई । बाटोमा जाँदै गर्दा गोपे आइपुग्छ । गोपेले मायालाई साइकलमा बस् भन्छ तर मायाले मान्दिनन् । त्यही बेला माया र गोपेको झगडा पर्छ । गोपे त्यहाँबाट निस्किन्छ । माया विद्यालय पुग्नै लाग्दा गोपे र उसका साथीले लागुपदार्थ खाइरहेको देख्छिन् । विद्यालय भित्र गइन् । कक्षामा शिक्षकले गोपेलाई किन ढिला आएको भनेर सोध्दा गोपेले झुट बोल्छ । मायाले शिक्षकलाई सबै साचो भन्छे । गोपेले मायालाई रिसको आँखाले हेर्छ । विद्यालय सक्किने बेला मायालाई घर जान डर लागिरहेको थियो । घर जाँदा आमालाई थाहा भएको रहेछ । सबै कुरा मायाले आमालाई सम्झाइन् । भोलिपल्ट विद्यालयमा रोग निस्किएको रहेछ भन्ने थाहा पाए तर सवितालाई भूतप्रेत लागेको रहेछ । पछि त्यो कुरा थाहा पाएपछि काकाको घरमा धामी झाक्री बोलाइयो । मायाले गएर सुझाव दिइन् अस्पताल लग्नु भनेर सबै खुशी भए आमा र माया पनि खुशी हुन्छन् ।
प्रिय साथी माया
सप्रेम माया
यहाँ मलाई सन्चै छ त्यहाँ तिमीलाई पनि सन्चै छ भन्ने आशा गर्दछु । तिमीले उज्यालोको रङ्को किताबमा मुख्य पात्रको भूमिका खेलेकी रहेछौ । त्यो किताब मैले पनि पढेँ । साह्रै नै राम्रो लाग्यो । तिमीले खेलेको भूमिकाको बारेमा सकारात्मक सल्लाह सुझाव दिन गइरहेकी छु ।
तिमीले खेलेको भूमिका एकदमै राम्रो लाग्यो तर भने केही अझै थप्दा वा अझैँ विस्तारमा लेख्दा धेरै नै राम्रो हुन्थ्यो । तिमीले काका काकीलाई दिएको सन्देश समाज सबैलाई नै सम्झाएको भए सन्देश दिएको भए अझैँ राम्रो हुन्थ्यो । साथै तिमीले दिने सन्देश कसको माध्यमबाट सल्लाह सुझाव दिने इच्छा जाग्यो । यी साथसाथै मलाई तिम्रो पात्रको धेरै कुरा मन पनि परेको छ । तिमीले बुबा बित्नु भएपछि निभाएकी जिम्मेवारी समाजको अगाडि छोरीले पनि घर चलाउन, जिम्मेवारी उठाउन सक्छन् भन्ने एउटा दह्रो झापड पनि हो ।
उही तिम्रो पाठक
अनुष्का बानियाँ
कक्षा ७, नवोदय शिशु सदन