क्युपेक मकवानपुर जिल्ला कमिटीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु ।

हेटौंडाः नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक) नेपाल मकवानपुरको अध्यक्षमा प्रल्हाद राई चयन हुनु भएको छ । शुक्रबार भएको सातौँ जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

अधिवेशनबाट क्युपेक मकवानपुरको उपाध्यक्षमा उमाकान्त चौधरी, सचिवमा बुद्ध बिक, सहसचिवमा मनोज सुवेदी, कोषाध्यक्षमा हरीप्रसाद ढुङ्गाना चयन हुनु भएको छ । एकजना महिला सदस्य मनोनित गरेर १९ सदस्यीय जिल्ला कमिटी तयार हुने सहसचिव मनोज सुुवेदीले जानकारी दिनुभएको छ । नवनिर्वाचित कमिटीको पदावधि ३ बर्षेको हुनेछ ।