हेटौंडाः हेटौंडा वडा नम्बर १७ को अध्यक्षमा नेकपा एमालेले २ जनालाई सिफारिस गर्ने निर्णय गरेको छ । १७ मा भैरवबहादुर राई र लक्ष्मण खुलाललाई सिफारिस गर्ने निर्णय गरेको हो । भैरवबहादुर राई वर्तमान अध्यक्ष समेत हुनुहुन्छ भने लक्ष्मण खुलाल नयाँ अनुहार हो ।

यस्तै, १७ नम्बर वडाबाट खुलातर्फ भीमप्रसाद अधिकारी र टीका तिमल्सिना, दलित महिलातर्फ ईश्वरी सुनारको नाम सिफारिस भएको छ । सिफारिस भएका सबै जना हाल वडा सदस्यको जिम्मेवारीमा छन् ।